विप्लवलाई प्रतिवन्ध लगाएर गृहमन्त्री अष्ट्रिया प्रस्थान
काठमाडौं, २९ फागुन । गृहमन्त्री रामबहादुर थापा छदिने भ्रमणका लागि आज अष्ट्रिया प्रस्थान गरेका छन् ।
मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी) को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् ।
उक्त बैठकले संयुक्त राष्ट्रसङ्घको लागुऔषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको अवस्था र आगामी दिनको विश्वव्यापी नीति र मार्गनिर्नेशन तय गर्नेछ । बैठकमा गृहमन्त्री थापाले नेपालको लागुऔषध नियन्त्रणका क्षेत्रमा गरेका काम कारवाहीका बारेमा जानकारी गराउने उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
यस्तै गृहमन्त्री थापाले युएनओडिसीका प्रमुख र विभिन्न देशका मन्त्रीसँग छलफल गर्ने कार्यक्रम समेत रहेको छ । मन्त्री थापा अगामी चैत ३ गते स्वदेश फर्किने कार्यक्रम छ । अष्टे«ेलिया जानुअघि हिजा साँझ सरकारले विप्लव माओवादीमाथि प्रतिबन्ध लगाएको छ ।