स्थानीय तहको रिक्त पदमा कर्मचारी पदपूर्ति गर्दै सरकार


२०७५ फाल्गुण २८ मंगलबार १०:४५ बजे

काठमाडौं, २८ फागुन । सरकारले स्थानीय तहको रिक्त पदमा कर्मचारी पदपूर्तिको प्रक्रिया शुरु गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग स्थानीय तहमा कार्यरत र समायोजित कर्मचारीको विवरण माग गरेको छ । कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने कार्य अन्तिम चरणमा पुगेको भए पनि स्थानीय तहको कार्य सञ्चालन र सेवा प्रवाह अझै व्यवस्थित हुन नसक्ने भएपछि सकेसम्म छिटो रिक्त पदमा कर्मचारीको पदपूर्ति गर्ने भएको हो ।

कर्मचारी समायोजनको कार्य सम्पन्न भइसक्दा पनि स्थानीय तहका सबै रिक्त दरबन्दी पदपूर्ति हुनसक्ने अवस्था नरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकृत किरण थापा बताउँछन् ।

‘यसैले स्थानीय तहको सेवा सञ्चालनका लाग बाँकी रिक्त पदमा शीघ्र पदपूर्ति गर्नुपर्ने अवस्था छ’, थापाले थपे, ‘मन्त्रालयले साविकका स्थानीय सेवामा नियुक्ति भई हाल विभिन्न स्थानीय तहमा कार्यरत र समायोजन भई गएका कर्मचारीको एकीन विवरण माग गरिएको हो ।’

कर्मचारी समायोजन ऐनमा प्रदेश लोक सेवा आयोगको गठन नभएसम्म स्थानीय तहमा रिक्त हुने पदमा पदपूर्ति गर्न सम्बन्धित स्थानीय तहले मन्त्रालयमार्फत लोकसेवा आयोगमा माग पठाउनु पर्ने व्यवस्था छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७