फोन गरी बोलाएर युवकको गोलीको हानी हत्या


१६:४८ बजे

सर्लाही, १९ फागुन । सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ ।

गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मलङ्गवा नगरपालिका–८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव देखेर आज बिहान स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए ।

घटनामा संलग्नको खोजी तीव्र पारिएको सर्लाहीका प्रहरी उपरीक्षक गणेशचन्द्र भट्टराईले जानकारी दिए । मृतकको मोबाइल समेत साथमै भेटिएकाले अभियुक्त पहिचान गर्न सहज हुने प्रहरी उपरीक्षक भट्टराईले बताए । घटनास्थलमा गोलीको खोका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको उनले बताए ।

गए राति ९ बजे मृतक यादव घरमा भएको बेला एक व्यक्तिले फोन गरेर बोलाएपछि दाइ घरबाट निस्केको मृतकका बहिनीले जनाएकी छिन् । सदरमुकाममै गोली हानी हत्या भएपछि अहिले मलङ्गवाका स्थानीयवासी त्रसित बनेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७