सुरक्षाकर्मीले यसरी निकाले मन्त्री अधिकारीसहित सात जनाको शव (फोटोफिचर)


२०७५ फाल्गुण १६ बिहीबार २३:५३ बजे

ताप्लेजुङ, १६ फागुन । अप्ठ्यारो भूगोल र प्रतिकूल मौसमका बाबजुद सुरक्षाकर्मीले ताप्लेजुङमा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव सुरक्षाकर्मीले सुकेटार विमानस्थलमा ल्याएका छन् ।

बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो । शवलाई काठमाडौं ल्याउने तयारी भए पनि सुकेटार बिमानस्थल पुरै कुहिरोले ढाकिएका कारण समस्या भएको छ ।

हिमपात र चिसोको पर्वाह नगरी सुरक्षाकर्मीले मृत्यु भएकाहरुको शव संकलन गरी सुकेटार ल्याएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सात जनाको निधन भएको थियो । सातमध्ये चार जनाको शव बुधबार नै सुकेटार विमानस्थल ल्याइएको थियो । नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो ।

खराब मौसमका कारण अन्य तीन वटा शव सुकेटार विमानस्थलमा ल्याउन सकिएको थिएन । बुधबार रातभर हिमपात परे पनि ताप्लेजुङका डीएपी सञ्जयसिंह थापाको नेतृत्वमा घटनास्थलमा नै प्रहरी बसेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७