हेलिकप्टर दुर्घटना : शव परीक्षणका लागि काठमाडौं पठाइने


२०७५ फाल्गुण १६ बिहीबार १५:५१ बजे

सुकेटार, १६ फागुन । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने ठहर गरेको छ ।

बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौँतर्फ पठाउन ढिलाइ भइरहेको छ ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइने छन् ।

हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सात जनाको निधन भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७