सिलवालविरुद्ध उदयको 'गुनबहादुर' प्रोपोगाण्डा, काे हुन् गुनबहादुर ?
ललितपुर : कसैलाई सिध्याउनका लागि प्रोपोगाण्डाको रुपमा गरिने प्रचारलाई अन्तिम अस्त्रको रुपमा पनि लिइने गरिन्छ । ललितपुर १ मा बाम गठबन्धनको पक्षमा चुनावी माहौल बढ्र्दै जाँदा नेपाली काँग्रेसका उम्मेदवार उदयसम्सेर राणाले एउटा प्रोपोगाण्डाको अस्त्र निकाले गुनबहादुर थापा । गुनबहादुर थापा नाम गरेको व्यक्तिलाई विगतमा पनि केहीले सिलवालको चरित्रहत्या गरेर आफूलाई लाभ प्राप्त गर्न प्रयोग गरिएको तथ्य फेला परेको छ ।विभिन्न अपराधहरुमा जेलमा बसेको व्यक्तिलाई आइजीपी काण्डमा तत्कालीन डीआईजी जयबहादुर चन्दले प्रयोग गरेका थिए । तिनै थापालाई ललितपुर १ मा राणाले आफ्नो खर्चमा सम्पूर्ण प्रचार प्रसार लगायतका बजेट व्यवस्था गरेर सिलवाल विरुद्ध अनेक हर्कतका प्रचारहरु गराएका छन् । बैंकिङ कसुर ठगी अभियोगमा मकवानपुरको भीमफेदी कारागारमा रहेका चितवनका गुनबहादुर थापा (शम्भु)का छोरा सागर झन्डै एक वर्षअघि पूर्वडीआइजी नवराज सिलवालविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्न पुगे । प्रहरी महानिरीक्षक नियुक्तिको विषय सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा थापा अदालत पुगेका थिए । नेपाल प्रहरीका एक नम्बर डीआईजी सिलवाललाई मुद्दामा कमजोर देखाउने उद्देश्य राखेर थापा अदालत पुगेका थिए । निवेदनमा सिलवाललाई मिटरब्याजमा चर्को ब्याज असुल गरेको आरोप लगाइएको थियो । प्रहरीकै संलग्नतामा भएका सुन तस्करीदेखि मेडिकल माफियाको नक्कली सर्टिफिकेट लगायतका केसमा सीआईबीमा रहेर सिलवालले देखाएको सफलताबाट तर्सिएर तत्कालीन डीआईजी चन्द समेतको संलग्नतामा उक्त मुद्दा उछालिएको सिलवाललाई नजिकबाट चिन्ने उच्च प्रहरी अधिृकतहरु बताउँछन् । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले अन्तिम सुनुवाइ गर्दै गलत मनसाय लिएर बारम्बार एउटै निवेदन बोकेर राज्यका निकायहरूमा गएकाले निवेदन खारेज गरिएको फैसला सुनायो । फैसलामा भनिएको थियो, ‘सार्वजनिक पदाधिकारीको आचरण वा चरित्र सम्बन्धमा सर्वसाधारणको चासो र सरोकार रहनु स्वाभाविक हुन्छ । तर यसका मर्यादा र सीमा हुन्छन् । कसैलाई अनावश्यक हैरान पार्ने, अनावश्यक विवादमा तान्ने, आफू वा अरू कसैको निहित स्वार्थ नियोजित रूपमा पूर्ति गर्ने माध्यमका रूपमा देखिएकाले रिट निवेदन खारेज हुने ठहर्छ ।’ गुनबहादुर त्यति बेला जेलमा रहेकाले छोरालाई प्रयोग गरेका थिए । अदालतले मुद्दा खारेज गरिदिएपछि गुनबहादुर र छोरा सागर चुपचाप बसे ।