‘बराह र विण्णुपादुकालाई प्रदेश १ कै नमुना पर्यटकीय केन्द्र बन्नाउँछौ’


१२:११ बजे

धरान : पुर्वपर्यटन मन्त्रीसमेत रहेका नेकपा (एमाले)का सचिव भीम आचार्यले विष्णुपादुका र बराह नगरपालिकाको पहाडी क्षेत्रलाई प्रदेश १ को नमुना पर्यटकीय स्थल बनाउने उद्घोष गरेका छन् । सुनसरी क्षेत्र नं १ प्रदेशसभा ‘ख’ मा बाम गठबन्धनका साझा उम्मेदवारसमेत रहेका नेता आचार्यले आगामी ५ वर्ष भित्रमा यो क्षेत्रमा विकासको लहर आउने र मुहार फेर्नेसमेत बताए । बिहीबार बराह नगरपालिका १ स्थित धापागाउँमा चुनावी कोणसभामा बोल्दै नेता आचार्यले बराह नगपालिका र विष्णुपादुकालाई पर्यटकीय केन्द्रकोरुपमा विकास गर्ने पनि योजना सुनाए । यो क्षेत्रमा धार्मिक पर्यटनको प्रबल सम्भावना रहेको भन्दै आचार्यले विष्णुपादुकालाई धरान र बराहसँग जोड्न आफ्नो विशेष योजना रहेको बताए । वराहक्षेत्र मन्दिर, विष्णुपादुका र धरान जोड्नको लागि रिङरोड बनाउने योजना खुलाउदै आचार्यले धरान आउने पर्यटकहरुलाई सबै क्षेत्रको भ्रमण र दर्शन गराउन रिङरोड आवश्यक भएको बताए । आगामी ५ वर्ष भित्रमा आफूले रिङरोड र सर्दु खोलामा पक्की पुल निर्माणको प्रतिबद्धतालाई पुरा गरिछाड्ने उनको भनाई थियो । बाह्य तथा आन्तरिक पर्यटकहरु बराह क्षेत्र मन्दिर, विण्णुपादुका मन्दिर हुँदै धरानका धार्मिक स्थलहरुको भ्रमण र दर्शन गराउदा यो क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने उनले बताए । धरान र विष्णुपादुकालाई जोड्न सर्दुमा पुल निर्माण गरेर त्यहाँ उत्पादन हुने कृषि क्षेत्रलाई बजारसम्म ल्याउन सहज हुने उनले बताए । आगामी ५ वर्ष भित्रमा नै सर्दुमा पुल आफ्नो पहिलो प्राथमिकता भएको बताए । ‘लेखेर राख्नुहोस ’चुनावी कोण सभालाई सम्बोधन गर्दै आचार्यले भने, ‘अबको ५ वर्षभित्र पक्की सडक, सर्दुमा पुल पक्का बन्नेछ ।’ पुल वनेपछि यो क्षेत्रको भाग्य चम्किने आचार्यले बताए । कृर्षि क्षेत्रमा उतिकै महत्त्व र सम्भावना बोकेको क्षेत्र विष्णु पादुका भएकाले कृर्षि क्षेत्रको विकास गर्नका लागि कृषकलाई सहुलियत दिनुपर्ने उनले बताए । यो क्षेत्र वेसार, अदुवा, अकबरे खुर्सानी, अम्लिसो लगायतको पकेट क्षेत्र भएका हुनाले अव यसको उत्पादनलाई बढाएर बजारीकरणको आवश्यकता भएको आचार्यले बताए । कृर्षिमा आधुनिकरण गर्दै गाइपालन फर्म, वाख्रापालन फर्म बनाएर कृर्षिमा आधारित कृषकको जीवन स्तरमा सुधार गर्नु पर्ने उनको भनाई । त्यसका लागि अव बन्ने प्रदेश सरकारले कृषकलाई सुविधा र सहुलियत दिने पनि उनले बताए । कोण सभामा वाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेद्धवार जय कुमार राई, समानुपातिक उम्मेद्धवार सावित्री श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७