४६ स्थानीय तह दुर्गमको सूची, हेर्नुस् यी हुन् दुर्गम सूचीमा परेका स्थानीय तह


१०:२८ बजे

काठमाडौं, २२ पुस । सरकारले देशभरका ७५३ स्थानीय तहमध्ये ४६ स्थानीय तहलाई दुर्गमको सूचीमा राखेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरणमा सुदूरपश्चिम प्रदेशका ४६ स्थानीय तह ‘क’ बर्गमा अर्थात् दुर्गमको सूचीमा राखिएका छन् । अछामका आठ, डोटीका सात र दार्चुकाका सात स्थानीय तह अति दुर्गम अर्थात ‘क’ वर्गमा परेका छन् । यस्तै बझाङका ११, बाजुराका आठ र बैतडीका पाँच स्थानीय तह अति दुर्गमको सूचीमा राखिएको छ ।

बाजुराका चार नगरपालिकामध्ये बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिका अति दुर्गम अर्थात् ‘क’ वर्गमा परेका छन् । अछामका चार नगरपालिकामध्ये कमलबजार र पञ्चदेवल बिनायक नगरपालिका ‘क’ वर्गमा छन् ।

डोटीको शिखर नगरपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका र बझाङको बुङ्गल नगरपालिका गरी आठ नगरपालिका अति दुर्गमको सूचीमा रहेका छन् । यस्तै अछामका ६, डोटीका ६, दार्चुलाका ६, बझाङ्गका १०, बाजुराका पाँच र बैतडीका पाँच गरी ३८ गाउँपालिका अति दुर्गमका छन् । कैलाली, कञ्चनपुर र डडेल्धुराका कुनै पनि स्थानीय तह अति दुर्गमको सूचीमा परेका छैनन् ।

कञ्चनपुरको एक, डोटीको एक, डडेल्धुराका पाँच, दार्चुलाको एक, बाजुराको एक र बैतडीका चार गरी १३ स्थानीय तह दुर्गम अर्थात् ‘ख’ वर्गमा परेका छन् । यस्तै बैतडीको एक, डोटीको एक, बझाङको एक, दार्चुलाको एक, डडेल्धुराका दुई, कैलालीका १०, कञ्चनपुरका सात र अछामका दुई गरी २५ स्थानीय तह सुगम अर्थात् ‘ग’ वर्गमा परेका छन् ।

जिल्ला समन्वय समितिहरुले दिएको सूचनाका आधारमा गरिएको भनिएको वर्गीकरण प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिका ‘घ’ बर्गमा परेको छ । यस्तै कैलालीका गोदावरी र टीकापुर नगरपालिका पनि सुगम नगरपालिका अर्थात् ‘घ’ मा राखिएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका पनि सुगम नगरपालिकाको वर्गमा परेको छ ।

स्थानीय तहको यातायातको सुविधा, प्रदेश राजधानीदेखिको दुरी जिल्ला सदरमुकामदेखिको दूरी, शिक्षा, स्वास्थ्य, दुरसञ्चार सेवा, बिद्युत, मानवविकास सूचकांक, भौगोलिक अवस्थितिलाई समेत ध्यानमा राखी उक्त वर्गीकरण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७