कुरीति तोड्दै श्रीमानको मृत्युपछि श्रीमतीले लगाइन् रातो लुगा


२०७५ मङ्सिर १२ बुधबार ०९:१३ बजे

धादिङ्ग, १२ मंसिर । श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हामो समाजमा छ ।

तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामुहिक रुपमा रातो टीका र लुगा लगाएका छन् ।

श्रीमानको निधनपछि सेतो मात्रै लगाएर बस्नुपर्ने परम्पराका कारण अपहेलित हुनु परेकाले सबै महिला एक ठाउँमा भेला भएर रातो लगाइएको स्थानीय एक महिला गोमा तामाङले बताइन् ।

समाजको नकारत्मक सोच हटाउन एकल महिला एक भएर अग्रसर हुनु जरुरी छ, उनले भनिन्, श्रीमानलाई गुमाउनुपर्दाको पीडा बिर्साउन र समाजमा सम्मानपुर्वक बाँच्न हामीहरु रातो पहिरनमा सजिएका छौँ ।

श्रीमानको मृत्युपश्चात् चुरापोते, सिन्दुर, टीका र रातो कपडा लगाुनु हुन्न भन्ने कुप्रचलनविरुछ यहाँका महिला जुर्मराएका छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७