‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्न माग, ३१ बुंदे संविधान संशोधनको माग


२०७५ मङ्सिर १० सोमबार ०४:१६ बजे

काठमाडौं, १० मंसिर । ‘प्रजातान्त्रिक जनता पार्टी नेपाल’ ले वर्तमान संविधानले सबै नागरिकलाई समानताको प्रत्याभूति दिन नसकेको तथा मधेशी जनतालाई समान अधिकार प्राप्त नभएको भन्दै संविधान संशोधन गर्न माग गरेको छ ।

पार्टीले आज पत्रकार सम्मेलनमा ३१ बुँदे संविधान संशोधन माग सार्वजनिक गर्दै नेपाललाई दुई प्रदेशमा मात्र विभाजन गर्नुपर्ने तथा सम्पूर्ण तराईको भू–भागलाई ‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड दिएको छ ।

‘मधेशको आवश्यकता समानता तथा समानुपातिक समावेशिता’ भन्ने नारा बोकेको सो पार्टीले राज्य सञ्चालकको स्वार्थका कारण आर्थिक अवस्था खस्केको र विदेशी हस्तक्षेप बढेको बताएको छ । पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुरले मधेशको भाषा तथा वेषभुषाको पहिचानलाई संरक्षण गर्नुपर्ने औँल्याए ।

प्राडा मोदराज बजगाईं, प्रा बाबुराम ढकाल, प्रा सुबोध झालगायतका वक्ताले देशमा प्रजातन्त्र स्थापना भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताउँदै तराई तथा मधेशको विकासमा पनि सरकारले चासो दिनुपर्ने औँल्याए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७