पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई राजीनामा गराएर, बामदेव गौतमलाई सांसद बनाइँदै


२०७५ श्रावण ९ बुधबार २३:५१ बजे
काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई सांसद बनाउनका लागि रणनीतिक तयारी थालेको छ । नेकपाले गौतमलाई सांसद बनाउनका लागि डोल्पाबाट निर्वाचित सासद एवम् पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई राजीनामा गर्न लगाउने तयारी गरिरहेको छ । गौतमलाई सांसद बनाउनका लागि नेकपाले डोल्पामा उवनिर्वाचन गर्नुपर्ने समाचार स्रोतले जानकारी दिएको छ । उपनिर्वाचनका लागि राज्यमन्त्री बुढाले राजीनामा दिनुपर्ने हुन्छ । नेकपाका दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो आवश्यकता महसुस गरेको गौतमले बताएका छन् । राज्यमन्त्री बुढाको राजीनामाका बारेमा दुई अध्यक्षबीच छलफल शुरु भइसकेको जानकारी दिंदै नेता गौतमले भने, ‘संसदमा मेरो आवश्यकता पार्टीले महसुस गरेको कुरा हो, अन्य कुरा पछि जानकारी हुँदै जान्छ ।’ राज्यमन्त्री बुढाको राजीनामापछि उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई आग्रह गरिने पनि समाचार स्रोतले जानकारी दिएको छ । भक्तपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ (ख) मा पनि उपनिर्वाचन गर्नुपर्नेछ । प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि उक्त क्षेत्र रिक्त छ । सरकारले बुढाको राजीनामापछि यी दुवै क्षेत्रको उपनिर्वाचन गराउन आयोगलाई आग्रह गर्ने तयारी भइरहेको स्रोत बताउँछन् । सरकारले असोजसम्म उपनिर्वाचन गराउन निर्वाचन आयोगलाई आग्रह गर्ने गरी योजना बनाइरहेको समाचार स्रोतको दावी छ । राप्रपाबाट राजनीति शुरु गरेका बुढा राजीनामाको संघारमा २०७४ को निर्वाचनमा बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए । प्रतिनिधिसभातर्फ डोल्पामा १५ हजार ८१२ मत खसेको थियो । लामो समय राप्रपाको राजनीति गरेका बुढा ०७० मा एमाले प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद् बनेका थिए । गौतमलाई सांसद बनाउनका लागि पार्टीले बनाएको योजनाबारे राज्यमन्त्री बुढा अहिलेसम्म मौन छन् । उनले यस विषयमा अहिले आफू केहि नबोल्ने बताइरहेका छन् । गृह जिल्लामै पराजित भएका थिए गौतम वामदेव गौतम गएको स्थानीय निकाय निर्वाचनमा गृह जिल्ला बर्दियाबाटै पराजित भएका थिए । बर्दिया–१ बाट उम्मेद्वार बनेका उनी कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भएका थिए । कांग्रेसका गौतमले ४४ हजार ८२९ मत ल्याउँदा वामदेवको पक्षमा ४४ हजार ७६ मत खसेको थियो । तर, पार्टीभित्रकै अन्तरघातका कारण वामदेव पराजित भएको भन्दै तत्कालीन एमालेले छानबिन समिति गठन गरेको थियो । चुनावमा भएको आफ्नो पराजयप्रति गौतमले चित्त दुखाई गर्दै आएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७