कानूनमन्त्रीपछि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि मागे माफी


२०७५ श्रावण ८ मंगलबार २२:५४ बजे
काठमाडौं, ८ साउन । कानूनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्न गएका नेपाली चेलीहरुप्रति दिएको अभिव्यक्तिप्रति माफी मागे लगतै झापाको विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले पनि माफी मागेका छन् । झापाको बिर्तामोडस्थित बी एन्ड सी शिक्षण अस्पतालका सञ्चालक दुर्गा प्रसाईले बंगलादेशमा पढ्न गएका नेपाली चेलीहरूबारे आफूले राखेको धारणाले नेपाली चेलीहरुको आत्मसम्मान र मानमर्यादामा आँच पुगेको आत्मसात गर्दै माफी मागेका हुन् । भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूले करीब १४ महिनाअघि अर्कै आशयले बोलेको कुरालाई तोडमोड गरी सामाजिक सञ्जालमा भाइरल बनाइएको पनि गुनासो गरे । उनले बंगलादेशमा पढ्न जाने जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणबारे दिएको अभिब्यक्तिलाई हाल आएर तोडमोड गरिएको आरोप लगाए । उनले आफूले भन्न खोजेको विषयलाई तोडमोड गरेर विवादित बनाइएको भन्दै उक्त भनाइको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको जिकिर दावी गरे । ‘बंगलादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्यनको वातावरण सिर्जना गर्न सके राम्रो हुने र त्यहाँ उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नुपर्ने अवस्थाको अन्त्य हुने मेरो आशय थियो’, उनले भनेका छन् । उनले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बारेमा आफूले बोलेको कुराले परेको चोटप्रति क्षमा मागेका छन् । ‘मेरो अभिव्यक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो थिएन’, उनले भने, ‘यसले पर्न गएको असरप्रति क्षमा माग्न चाहान्छु ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७