कानुनमन्त्रीको पद खोसियो, राजीनामा दिन नेकपाको निर्देशन


२०७५ श्रावण ८ मंगलबार ०८:४८ बजे
काठमाडौं ८ साउन : विवादास्पद अभिब्यक्ति दिएर विवादमा आएका कानुनमन्त्री शेरबहादुर तामाङको पद खोसिएको छ । पद खोसिएसँगै नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले कानुनमन्त्री उनलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ । [caption id="attachment_56587" align="aligncenter" width="1600"] फाइल तस्बिर[/caption] मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । यद्यपि आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए भन्दै माफी मागेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई बोलाएर छलफल गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७