पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको तत्काल उद्वार गर्न माग


१९:२२ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको तत्काल उद्वार गर्न माग गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा सांसद शिशिर खनालले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीले उद्धारका लागि अनुरोध गरेको भन्दै तत्काल उद्वार गर्न माग गरेका हुन् । ‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गर्नुभएको छ । तुरुन्त उद्धार र सुरक्षाको पहल होस्,’ उनले भने ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७