पति पारसका लागि साउने ब्रतमा हिमानी, छोराछोरीसहित गरिन् पशुपतिमा पूजा


२०७५ श्रावण ७ सोमबार ०८:१९ बजे
काठमाडौं, ७ साउन । सम्पूर्ण हिन्दू नारी साउनमा आफ्ना पतिको दीर्घायुको कामना गर्दै साउने ब्रत बस्न् । पूर्व युवराज्ञी हिमानी शाह पनि आफ्ना पति पूर्व युवराज पारस शाहको दीर्घायुको कामनासहित साउने ब्रतमा छिन् । पूर्व युवराज्ञी हिमानी शाहले सोमबार विहान आफ्ना छोराछोरीसहित पशुपति मन्दिरमा पूजाआजा गरेकी छन् । साउनको पहिलो सोमबार पूजाअर्चना गर्न उनी छोरा हृदयन्द्र र छोरी पूर्णिकाको साथमा पशुपति आएकी हुन् । विहान सवा नौ बजे पशुपति पुगेकी हिमानीले झण्डै आधा घण्टा मन्दिरमा पूजाअर्चनामा बिताइन् । आफ्ना पति पारस शाहसँग विगतमा बिग्रिएको सम्बन्ध सुमधुर बन्दै गएको चर्चा चलिरहेका बेला हिमानीको यो साउने ब्रतलाई निकै चासोका साथ हेरिएको छ । साउनको पहिलो सोमबार आज पशुपति मन्दिरसहित देशैभरीका शिव मन्दिरहरुमा महिला र युवतीहरुको घुइँचो लागेको छ । साउनको सोमबार व्रत बसे मनोकामना पूरा हुने धार्मिक मान्यता छ । महिला र युवतीहरुले साउनको सोमबार महादेवको पूजा आराधना गरी ब्रत बस्ने प्रचलन छ । विवाहिताले पतिको दीर्घायुको कामना गर्ने र अविवाहिता नारीले असल श्रीमान पाऊँ भनि कामना गर्ने पर्वको रुपमा समेत साउने ब्रतलाई लिइने गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७