बागमतीका १३ जिल्लालाई योगमय बनाउने प्रदेश सरकारको तयारी


२०८३ कार्तिक ३० सोमबार १६:४७ बजे
फाइल फोटो

भक्तपुर : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका १३ वटै जिल्लालाई योगमय बनाउने कार्यक्रम ल्याउन लागेको बताएका छन् ।

डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सवमा उनले योग साधनाको विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । पातञ्जल योग, जीवन विज्ञानलगायत योग क्षेत्रमा सक्रिय संस्थासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।

मुख्यमन्त्री थापाले सार्वजनिक भवन, विद्यालय र सामुदायिक भवनमा बिहानको समयमा नियमित योग साधना सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । यस वर्ष जनस्वास्थ्य कार्यालयमार्फत योगका लागि बजेटसमेत छुट्याइएको उनले जानकारी दिए ।

उनले डोलेश्वरमा धर्मशाला निर्माण भएपछि स्थायी रूपमा योग साधना सञ्चालन गर्न सहज हुने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेत तथा पातञ्जल योग केन्द्रीय समितिका अध्यक्ष बालमुकुन्द सुवाल र महासचिव नवराज काफ्लेलगायतले योगको महत्व र स्वास्थ्यमा यसको योगदानबारे चर्चा गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७