मङ्सिर ५ मा एमाले केन्द्रीय कमिटी बैठक
काठमाडौं : नेकपा (एमाले)ले राष्ट्रिय कार्यकर्ता भेला सकिएलगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
आगामी मङ्सिर ५ गते पार्टीको चौथो केन्द्रीय कमिटी बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
राष्ट्रिय कार्यकर्ता भेलालगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको भेला हुनेछ । त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने तय भएको उनले बताए ।
‘राष्ट्रिय भेला लगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको भेला र भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भन्ने भएको छ,’ आचार्यले भने ।
केन्द्रीय कमिटी बैठकका एजेन्डा भने तय भइनसकेको उनले बताए ।
.gif)

.png)




