मधेसको मुख्यमन्त्री बन्न बहुमत जुटाउनुपर्ने, दाबी पेस गर्ने समय तोकियो
मधेसमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मङ्सिर ४ सम्म दाबी पेस गर्न समय
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेका छन् ।
मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा प्रदेश प्रमुख कर्णले आज स्वीकृत गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्रीमा नियुक्तिका लागि आफ्नो दाबी पेस गर्न इच्छुक प्रदेशसभा सदस्यलाई २०८३ मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्मको समय दिएको छ ।
.gif)

.png)




