सलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य


२०८३ कार्तिक २८ शनिबार १८:४२ बजे

काठमाडौं । चरिथ असलंकाको अर्धशतकको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो ।

विराटनगरका लागि असलंकाले ४३ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ६४ रन बनाए । शुभम रन्जानेले २४ बलमा ४ चौकाको मद्दतमा अविजित ३१ रन जोडे ।

ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ड हर्ट भए भने लोकेश बमले १५ रन बनाए । शेहान जयसूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए । बसिर अहमद ६ रनमा अविजित रहे ।

विराटनगर ७० रनमा एक विकेटको अवस्थामा रहँदा इमरान शेख रिटायर्ड हर्ट भएका थिए । त्यसपछि क्रिजमा आएका असलंकाले शुभम रन्जानेसँग मिलेर ७५ रनको साझेदारी गरे ।

बलिङमा लुम्बिनीका किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिषेष गौतमले समान एक विकेट लिए । किशोरले ४ ओभरमा २४ र अभिषेषले ३ ओभरमा १५ रन खर्चिए । ट्रम्पलम्यानले भने ४ ओभरमा ५२ रन दिए ।
 
प्लेअफमा पुग्ने सम्भावना कायम राख्न विराटनगरलाई यो खेल जित्नैपर्ने दबाब छ । पराजित भए विराटनगर प्रतियोगिताबाट बाहिरिनेछ ।

यता, लुम्बिनीले जित हासिल गरे अंकतालिकाको शीर्ष स्थानमा उक्लँदै पहिलो क्वालिफायर खेल्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७