रात्रिबसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा तीन युवक पक्राउ
काठमाडौं : काठमाडौं–महेन्द्रनगर रात्रिबसमा यात्रा गरिरहेकी महिलामाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत कात्तिक १७ गते काठमाडौं छुटेको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको यात्रुवाहक बसमा ती युवकले महिलामाथि दुर्व्यवहार गरेका थिए ।
पीडित महिलाले दिएको सूचना तथा उजुरीका आधारमा प्रहरीले खोजी गर्दा उनीहरूलाई कात्तिक १९ गते नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटैनाका २१ वर्षीय शमिर बिष्ट र २४ वर्षीय अनिल नाथ तथा भीमदत्त नगरपालिका–३, तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन् ।
.gif)

.png)




