युवतीलाई गोप्य अङ्ग प्रदर्शनको आरोप लागेका शिक्षा अधिकृतले भने- ‘दुर्व्यवहार गरेको होइन’
काठमाडौं । ललितपुरको इमाडोलमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृत सुरेन्द्र भट्टले आरोप अस्वीकार गरेका छन्।
बैतडी घर भएका भट्ट असार २२ गते पक्राउ परेका थिए। उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक स्थानमा यौनाङ्ग प्रदर्शन गर्न नहुने कसुरमा प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ। उक्त कसुर प्रमाणित भएमा ६ महिनासम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
अनुसन्धान अधिकृत र सरकारी वकिलसमक्ष दिएको बयानमा भट्टले 'म शौच गर्न लागेको थिएँ, दुर्व्यवहार गरेको होइन'भन्दै आफूविरुद्ध लागेको आरोप अस्वीकार गरेका छन्।
प्रहरीका अनुसार घटनास्थलमा सीसीटीभी क्यामेरा नभेटिएको र प्रत्यक्षदर्शी पनि नरहेकाले पीडित युवतीको जाहेरी, बयान तथा अन्य उपलब्ध प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको छ। भट्टमाथि अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद लिइएको छ भने अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ।
.gif)

.png)

