गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले


२०८३ असार २६ शुक्रबार १३:४० बजे

काठमाडौं । नेकपा (एमाले) ले गणेश नेपालीको मृत्युको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभएको भन्दै यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन्।

'यसको जिम्मेवारी सरकारले लिनुपर्छ। गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,' उनले भनिन्।

सांसद सुब्बाले सरकारले लागू गरेका ट्राफिक जरिवाना तथा कार्यान्वयनका नीतिहरू नागरिकमैत्री छन् वा छैनन् भन्ने प्रश्न गणेश नेपालीको घटनाले उठाएको बताइन्। उनले सरकारले यस घटनाबाट गम्भीर आत्मसमीक्षा गर्नुपर्ने धारणा व्यक्त गरिन्।

साथै, घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि आवश्यक कारबाही गर्न उनले सरकारसँग माग गरिन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७