अर्जेन्टिनासँग खेलअघि इजिप्टका प्रशिक्षक: उनीहरूसँग महान् मेस्सी छन्
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलअघि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले अर्जेन्टिनाविरुद्धको खेल आफ्नो टोलीका लागि क्षमता प्रमाणित गर्ने ठूलो अवसर भएको बताएका छन्।
मंगलबार राति साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा हसनले विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सी अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति भए पनि आफूहरूले सम्पूर्ण टोलीलाई सम्मान गर्ने बताए।
'यो विश्वकप हो। आफूलाई प्रमाणित गर्ने र हामी यहाँ रहन योग्य टोली हौं भनेर देखाउने उत्कृष्ट अवसर हो,' हसनले भने। उनले अर्जेन्टिनाको टोलीमा धेरै उत्कृष्ट खेलाडी रहेको उल्लेख गर्दै मेस्सीप्रति विशेष सम्मान व्यक्त गरे।
'अर्जेन्टिनासँग उत्कृष्ट खेलाडीहरू छन्। अवश्य पनि उनीहरूसँग महान् मेस्सी छन्। तर हामी उनीहरूको सम्पूर्ण टोलीको सम्मान गर्छौं। यो फुटबल हो र हामी कुनै पनि प्रतिद्वन्द्वीलाई हल्का रूपमा लिन सक्दैनौं,' उनले भने।
हसनका अनुसार आफ्ना खेलाडीलाई विपक्षीको नाम, जर्सी वा विश्व वरीयताको दबाबबाट प्रभावित नहुन प्रशिक्षण दिइएको छ। 'मैले आफ्ना खेलाडीलाई विपक्षीको जर्सीको रङ, उनीहरूको नाम वा वरीयता जे भए पनि आत्मविश्वासका साथ खेल्न तयार पारेको छु,' उनले थपे।
.gif)

.png)

