कीर्तिपुर होल्डिङ सेन्टरबाट सुकुम्वासी डम्बर बहादुर तामाङ पक्राउ, सार्वजनिक शान्ति भङ्ग गरेको आरोप


२०८३ असार १५ सोमबार १५:५८ बजे

काठमाडौँ :  काठमाडौँको कीर्तिपुरस्थित अस्थायी बासस्थल (होल्डिङ सेन्टर) मा बस्दै आएका एकजना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार, होल्डिङ सेन्टरमा बस्दै आएका भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ पक्राउ परेका हुन्।

तामाङलाई 'सार्वजनिक शान्तिविरुद्धको कसुर' गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीमाथिको अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी थप प्रक्रिया अगाडि बढाइएको एसपी भट्टराईले जानकारी दिनुभयो।

प्रहरीको आरोपअनुसार, काठमाडौँ महानगरपालिकाले होल्डिङ सेन्टरमा रहेकाहरूलाई अन्यत्र स्थानान्तरणका लागि आवश्यक सुविधासहित गरेको अनुरोधलाई तामाङले अतिरञ्जित गरेका थिए। सोही क्रममा उनले त्यहाँ बसोबास गर्ने अन्य व्यक्तिको शान्तिपूर्ण रूपमा बस्न पाउने अधिकारमा खलल पुर्‍याएको र सार्वजनिक शान्ति भङ्ग हुने कार्य गरेको प्रहरीको दाबी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७