‘व्यक्तिगत’ संकट टार्न ओली-प्रचण्डको फेरि जुगलबन्दी: शंकर पोखरेलको टिप्पणी, ‘प्रहसन’

गोकुल बास्कोटाको टिप्पणी: फुटेको हाँडी जोड्ने लालसा


२०८३ असार १५ सोमबार १२:३४ बजे

काठमाडौँ  : नेपाली राजनीतिमा केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको सम्बन्धलाई ‘अस्थिरताको पर्याय’ मानिन्छ। कहिले 'स्वर्ग–नर्क सँगै जाने' कसम, त कहिले पानी बाराबारको स्थिति। फेरि एकपटक यी दुई नेता वामपन्थी एकता वा सहकार्यको कसरतमा जुटेका छन्। तर, यस पटकको यो कसरत कुनै वैचारिक धरातल वा मुलुकको कायापलट गर्नभन्दा पनि आफ्नै राजनीतिक 'जीवनरक्षा' का लागि बुनिँदै गरेको जालोको रूपमा देखिएको छ।

रास्वपा नेतृत्वको सरकारले सत्ता सम्हालेयता पुराना दलहरूलाई 'कर्नर' मा पारेको छ। सरकारले पुराना निर्णयहरू खोतल्न थाल्नु, शीर्ष नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्नु र नेताहरू पक्राउ पर्न थाल्नुले ओली र दाहाल दुवैलाई झस्काएको छ। जेन–जी आन्दोलन दबाएको अभियोगमा ओलीको गिरफ्तारी र एकपछि अर्को नेताहरुको हिरासत बसाइले 'पालो आफ्नै हो कि' भन्ने त्रास उनीहरूमा बढेको छ। रास्वपाले विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, प्रदेश संरचनामाथि प्रश्न उठाउने र दलविहीन स्थानीय तहको बहस छेडेपछि पुराना शक्तिहरू आफ्नो धरातल गुम्ने डरले एक ठाउँमा उभिन बाध्य भएका हुन्।

ओली र दाहालको सहकार्य नौलो होइन। २०७४ मा दुई तिहाइको नजिक पुगेर पार्टी एकता गरेका यी दुई नेताको अहङ्कार र सत्ता–संघर्षले नेकपाको विसर्जन गरायो। त्यसपछि एकअर्काविरुद्ध विषवमन गरेका उनीहरूलाई पछिल्लो निर्वाचन परिणामले 'जमिन' देखाइदिएको छ। राजनीतिक विश्लेषक राम कार्कीका अनुसार, यी दुई नेता वैचारिक भन्दा पनि 'व्यवहारवादी' र 'उपयोगितावादी' हुन्। एमालेभित्रै उठिरहेको नेतृत्व हस्तान्तरणको आवाजलाई मत्थर पार्न र सरकारको दमनबाट बच्नका लागि मात्रै यो एकताको नाटक मञ्चन भइरहेको आरोप लाग्ने गरेको छ।

शंकर पोखरेलको टिप्पणी : ‘प्रहसन’ 

ओली र प्रचण्डले कार्यगत एकताको तयारी भइरहेकाे बेला आफ्नै पार्टीभित्रबाट तीव्र असन्तुष्टि पोखिन थालेको छ। एमाले नेता गोकुल बास्कोटाले त यसलाई 'शक्तिमा टिक्ने भुत्ते हतियार' को संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'पटक-पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ। यो कथ्य रूपमा सुन्दर छ, तर सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो।” बास्कोटाले यस्तो एकता अघि 'नेकपा फुटाएको गल्ती' स्विकार्न नेतृत्वलाई चुनौती दिएका छन्।

नेकपा (एमाले)  महासचिव शंकर पोखरेलले पनि कार्ल मार्क्सको भनाइ उद्धृत गर्दै तीखो टिप्पणी गरेका छन् । उनले यसलाई दोस्रो पटक घटित हुने प्रहसन भनेका छन् ।  पोखरेलले पनि कार्ल मार्क्सको भनाइ उद्धृत गर्दै भनेका छन्: 'इतिहासमा उस्तै घटनाहरू पहिलो पटक नाटकका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा घटित हुन्छन्। समय र परिस्थिति बदलिसकेपछि विगतका घटना वा नारालाई हुबहु दोहोर्‍याउनु उचित हुँदैन।' नेतृत्व पुनर्गठनको माग गरिरहेका एमालेकै अन्य नेताहरू पनि यो पुनर्मिलनको विपक्षमा उभिएका छन्, जसले ओली-प्रचण्डको यस योजनालाई पार्टीभित्रैबाट चुनौती दिएको छ।

२०७४ मा दुई तिहाइको नजिक पुगेर पार्टी एकता गरेका यी दुई नेताको अहङ्कार र सत्ता–संघर्षले नेकपाको विसर्जन गराएको थियो। राजनीतिक विश्लेषकहरूको बुझाइमा, यी दुई नेता वैचारिक भन्दा पनि 'व्यवहारवादी' हुन्। पछिल्लो निर्वाचन परिणामले उनीहरूलाई जमिन देखाएपछि, जनतामाझ स्थापित वामपन्थी मतलाई जोगाउन मात्रै उनीहरू फेरि एक ठाउँमा देखिन खोजेका हुन्।

२०६४ मा करिब ६० प्रतिशत मत बोकेका वामपन्थी शक्ति अहिले २१ प्रतिशतमा खुम्चिनुले उनीहरूलाई थप चिन्तित बनाएको छ। माधवकुमार नेपाल र झलनाथ खनालले पनि विगतको समीक्षासहित सहकार्यमा जोड दिइरहँदा, 'समीक्षा' शब्दले उनीहरूबीचको अविश्वासलाई नै उजागर गर्छ।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा एउटै मञ्चबाट यी दुई नेताले वाम सहकार्यको आह्वान गरे। बाहिर हेर्दा यो राष्ट्रियता र संविधान रक्षाको लागि देखिए पनि, भित्री चुरो भने आगामी स्थानीय र प्रदेशसभा निर्वाचनमा आफ्ना मत सुरक्षित गर्ने रणनीति हो। २०६४ मा करिब ६० प्रतिशत मत बोकेका वामपन्थी शक्ति अहिले २१ प्रतिशतमा खुम्चिनुले उनीहरूलाई थप चिन्तित बनाएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७