अबको परिवर्तन नयाँ पुस्ताको भविष्यका लागि : उपेन्द्र यादव
काठमाडौँ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देश र जनताको चाहनाअनुसार संविधान संशोधन वा पुनर्लेखन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सप्तरी–३ का उम्मेदवारका रूपमा चुनावी अभियानमा रहेका यादवले नयाँ पुस्ताको भविष्य संविधानमै सुरक्षित हुनुपर्ने धारणा राखे ।
चुनावी कार्यक्रममा बोल्दै उनले हालको संवैधानिक संरचनाले स्थायित्व र न्याय दुवै दिन नसकेको बताए। उनले भने, 'आजको नेपाल पुरानै संवैधानिक संरचनामा अड्किएको छ, जसले न त स्थायित्व दिएको छ, न त न्याय।'
यादवले राजनीतिक अस्थिरता, कमजोर संघीय अभ्यास र पहिचानको अभावका कारण युवा पुस्ताको भविष्य अन्योलमा परेको उल्लेख गर्दै 'राजनीतिक अस्थिरता, कमजोर संघीयता र पहिचानको अभावले युवा पुस्ताको भविष्य अन्योलमा छ' भन्ने भनाइ व्यक्त गरे ।
उनले राष्ट्रिय जातीय पहिचान झल्किने गरी राज्य पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उच्चस्तरीय राज्य पुनर्संरचना आयोग २०६८ को प्रतिवेदनअनुसार जातीय पहिचानसहितको प्रदेश संरचना कार्यान्वयनमा जसपा नेपाल अडिग रहेको स्पष्ट पारे।
संघीयता र नयाँ पुस्ताको परिवर्तनको मागविरुद्ध कुनै सम्झौता नहुने उनको भनाइ छ। यादवले भने, 'संघीयतालाई कागजको होइन, व्यवहारको बनाउने हाम्रो दृढ अडान हो।'
.gif)

.png)

