टेम्केमैयुङ बदलेका ध्रुव राई बने भोजपुरमा माटोको उम्मेदवार 


२०८२ पौष २९ मंगलबार २१:३३ बजे

भोजपुर :  आसन्न प्रतिनिधिसभा चुनावका लागि भोजपुरमा हर्क साम्पाङको पार्टी श्रम संस्कृतिबाट ध्रुव राई उठ्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा राईलाई टिकट दिएको जानकारी दिएका हुन् ।  

साम्पाङले लेखेका छन्, ‘आदरणीय भोजपुरबासी आमाबाबा दाजुभाइ तथा दिदिबहिनीहरु, यसपाली भोट बदलेर चुनाव चिन्ह माटोमा सबैले भोट ओइराउनु होला ।  ध्रुव राई ज्युलाई श्रम संस्कृति पार्टीको प्रत्यक्ष तर्फउम्मेदवार बनाएकाछौं ।’ 

३९ सालमा भोजपुरको नागीमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज भोजपुर बहुमुखी क्याम्पसमा २ पटक स्ववियू सभापति भएका थिए । अखिलको केन्द्रीय सचिवालय सदस्यसम्म पुगेका उनी केन्द्रीय उपाध्यक्षमा भने पराजित भएका थिए । उनलाई भोजपुरमा ‘आन्दोलनको छोरा’ नामले पनि चिनिन्छ । २०६२र६३ को जनआन्दोलनमा अग्र पंक्तिमा हिंडेका उनी आर्मीका ब्यारेक, प्रहरीरप्रशासनअगाडि हाक्काहाक्की राजाविरोधी नारा र भाषण गर्थे ।

२०७४ स्थानीय चुनावमा होमिएदेखि नै उनलाई ‘ध्रुवे हात्ती’ को उपमा दिइयो । एकताका चितवनमा ध्रुवे हात्तीको जगजगी थियो । धेरैलाई आतंकित पारेको ध्रुवे हात्ती खोज्न सरकारले नै टोली खटाएको थियो । कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको महागठबन्धनलाई हराएका कारण एमालेका ध्रुवराजलाई कार्यकर्ताहरूले ‘धुर्वे हात्ती’ को संज्ञा दिएका थिए ।

साविकको तिम्मा, छिनामखु, अन्नपुर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क गाविस मिलाएर बनाइएको हो, टेम्केमैयुङ गाउँपालिका । २०७४ निर्वाचन अघि मट्टीतेलको टुकीमा अध्यारो चिर्नुपर्ने बाध्यता थियो, यो गाउँपालिका जनतालाई ।

निर्वाचनमा उनको पहिलो प्रतिबद्धता थियो, ‘म अध्यारो गाउँपालिकालाई उज्यालो घोषणा गर्छु अर्थात् हरेकको घरमा बत्ती–विजुली बाल्छु । टुकीको युग समाप्त पार्छु’ उनको यो घोषणालाई धेरैले ‘नेताको चुनावी भाषण’को भन्दै पत्याएनन् । धेरैले भनेका थिए, ‘चुनावको बेला यो ‘ध्रुवे’ले ठुलो कुरा गर्दैछ । तर निर्वाचित भएपछि उनले आफ्नो गाउँपालिकालाई उज्यालो घोषणा गररै छोडे ।

पर्यटनको सन्दर्भमा पनि उनको गाउँपालिका भोजपुरकै एक नम्बर पर्यटकीय केन्द्र बनेको छ । नेपालका जानैपर्ने एक सय गन्तव्यमा परेको ‘मुन्दुम पदमार्ग’ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनिएको छ । ‘मुन्दुम पदमार्ग’को भौतिक संरचना निर्माणदेखि यसको प्रचार–प्रसार र प्रबद्र्धनमा उनी आफै खटे ।

५ वर्ष अधिकांश जनप्रतिनिधिलाई ‘ठाँट’ पल्टेको आरोप लागिरहँदा उनी यसबाट मुक्त भए । एउटा छड्के ब्याग कहिले छाडेनन् । फाट्टफुट्ट औपचारिक पोशाकबाहेक साधारण ड्रेसमै हिँड्थे । गाडीभन्दा बढी बाइकमै कुद्थे । ७९ को चुनावमा भने उनी कांग्रेसका सरोज बस्नेतसँग पराजित भए । राई ‘चुनावी नेता’ का रूपमा समेत परिचित छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७