मधेश प्रदेशसभा सभामुखमा राम अशीष यादवको उम्मेदवारी दर्ता


२०८२ पौष ५ शनिबार १५:१६ बजे

काठमाडौँ : मधेश प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका छन् ।

सात दलको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेशसभा सचिव वासुप्राद कोइरालाका अनुसार यादवका प्रस्तावक नेपाली काँग्रेसका वीरेन्द्र सिंह र समर्थक माओवादी केन्द्रका फकिरा महतो रहेका छन् ।

यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७