युएईविरुद्ध नेपालले बनायो २३९ रन


२०८२ कार्तिक १९ बुधबार १५:११ बजे

काठमाडौँ : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले घरेलु टोलीविरुद्ध २४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

बुधबार दुबईमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २३९ रनको योगफल बनायो । नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन योगदान गरे। उनले ६८ बल खेलेर सात चौका प्रहार गरे। त्यसैगरी मध्यक्रमका कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए।

दिपेन्द्रसिंह ऐरीले ३७ रन र आरिफ सेखले ३० रन जोडे। क्रम नम्बर १० मा ब्याटिङमा आएका सन्दीप लामिछाने १५ रनमा अविजित रहे।

कुशल मल्ल र सन्दीप लामिछानेले नवौँ विकेटका लागि ४२ रनको साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याए।

यूएईका ध्रुव परासर, मुहम्मद जवादुल्लाह र जुनैद सिद्दिकीले समान दुई–दुई विकेट लिए भने जाहिद अलीले एक विकेट हात पारे।

यसअघि नेपालले पहिलो खेलमा अमेरिकासँग १०६ रन, दोस्रो खेलमा यूएईविरुद्ध पाँच रन र तेस्रो खेलमा फेरि अमेरिकासँग चार विकेटले पराजय बेहोरेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७