रास्वपाका पालिका सभापति बलात्कार आरोपमा पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति बलात्कार आरोपमा पक्राउ परेका छन् ।
लिखुपिके गाउँपालिका–२ का बासिन्दा समेत रहेका रास्वपा गाउँ सभापति रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो । बलात्कार आरोपपछि फरार उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले दिएको जानकारी अनुसार बस्नेतमाथि फरक क्षमताकी महिलालाई बलात्कार गरेको आरोप छ । २०८१ साल साउन ६ गतेको उक्त घटनापछि उनी फरार थिए ।
घटनाको वर्ष दिन भन्दा बढी समय बितेपछि पक्राउ परेका उनलाई काठमाडौंबाट सोलु ल्याएर बुधबार सात दिनका लागि अदालतबाट म्याद थपिएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।