बीपी राजमार्ग अवरुद्ध


२०८२ असार २९ आइतबार २०:०६ बजे
फाइल फोटो

काठमाडौं । लेदोसहितको बाढीले बीपी राजमार्ग अवरुद्ध भएको छ ।  आज (आइतबार) साँझ ६ः३० बजेको समयमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, विरुवाडाँडा कालढुंगास्थित राजमार्गमा लेदोसहितको बाढी आउँदा सडक अवरुद्ध भएको हो । 

लेदोले राजमार्ग दुईतर्फ नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपाञ्चोकले जानकारी दिएको छ । अहिले इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरी टोली र स्थानीयले बाटो खुलाउने प्रयास गरिरहेका छन् । मनसुनजन्य विपद न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले बेलुकी ६ः३० बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी सन्चालनमा रोक लगाएको छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७