कुलिङ पिरियडको चलखेल त्रुटी होइन, बदमासी हो : सांसद पाण्डे


०८:२४ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरूको स्तर गिरेको बताएका छन् ।  बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यो त्रुटी नभइ बदमासी भएको र यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । 

उनले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताए । जनस्तरमा सांसदप्रतिको विश्वसनियता गुमेको उनको भनाइ छ । उनले राष्ट्रिय सभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताए । संलग्नहरूले कारबाही भोग्नुपर्ने उनले बताए । सांसद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले प्रणालीको बारेमा बोल्ने कुरालाई मद्दत गरेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७