प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


२०८२ असार ७ शनिबार ०९:४४ बजे

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे बस्नेछ। सरकारले जेठ १५ गते सदनमा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ। बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची छ। 

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७