रास्वपाले संसदमा उठायो कांग्रेस वडाध्यक्षले आफ्नो नेतालाई कुटेको विषय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जामा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आफ्ना दुई नेतामाथि आक्रमण गरेको भन्दै सदनमा कुरा उठाएको छ। आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा सांसद हरि ढकालले यो विषय उठाएका हुन्।
दुई दिनअघि आँधीखोला संरक्षण अभियान चलाएका रास्वपा केन्द्रीय सदस्य मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि रड प्रहार भएको थियो । रास्वपाले घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ। सो धारणा राखेपछि रास्वपाले बैठकमा अवरोध सुरु गरेका थियो।