भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, सबै एकजुट बनौं : राप्रपा 


२०८२ असार ५ बिहीबार १७:४५ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न अपिल गरेका छन्। प्रतिनिधि सभाको आज (बिहीबार) को बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गरेका हुन्। उनले उक्त प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको मात्र नभई २०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने बताए।

उनले लाखौं नेपालीहरू विदेशमा भिजिट भिसाको नाममा बेचिएर अलपत्र परेको उल्लेख गर्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरे। उनले अवरोधका बीच संसद नचलाउन समेत सभामुखसँग आग्रह गरे। अवरोधका बीच संसदको कारबाही अगाडि बढाए आज पनि बैठक वहिष्कार गर्ने उनको भनाइ छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७