अनेरास्ववियुको नेतृत्व चयनका लागि भोलि मात्र मतदान


२०८२ जेठ २८ बुधबार ०८:२७ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भोलि (बिहीबार) बिहानबाट मतदान हुने भएको छ। कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा मतदानको समय सारिएको यो तेस्रो पटक हो। हिजै साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा आज बिहान ८ बजेबाट मतदान हुने तालिका थियो।

तर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नै समय लागेपछि राति ८ बजेबाट मतदान हुने भनिएको थियो । तर अन्तिम नामावली प्रकाशन गर्न समय लागेपछि भोलि बिहान ८ बजेबाट मतदान हुने भएको छ। अनेरास्ववियुको अध्यक्ष पद प्रकाश पौडेल र सुजन कडरिया प्यानल बनारै मैदानमा उत्रिएका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७