घाँस काट्ने क्रममा ‘हाइटेन्सन लाइन’ छोइँदा छात्राको मृत्यु 


२०८२ जेठ २७ मंगलबार १९:०८ बजे

तनहु । तनहुुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक छात्राको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा सोही स्थान निवासी १५ वर्षीया निर्मला कुमाल रहेकी छन्। कुमाल महेन्द्रज्योति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत थिइन् ।

सोमबार रुखमा घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा छोइँदा कुमाल सख्त घाइते भएकी थिइन्। कुमालको बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७