माओवादीको प्रश्न : नागरिकता विधेयकमा सरोगेसीको विषय कसरी समेटिन्छ ?


२०८२ जेठ २७ मंगलबार २०:२३ बजे
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नागरिकता विधेयकमा सरोगेसीको विषय पनि सम्बोधन गर्नुपर्ने बताएका छन्। आज (मंगलबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नागरिकता विधेयकमा सरोगेसीको विषयबारे जिज्ञासा राखेका हुन्।

‘नागरिकताको कुरा गर्दा मेरो दिमागमा एउटा कुरा आएको छ । यो सरकारले हल कसरी गर्छ भन्ने हो। अहिले विज्ञानले विकास गर्दागर्दै सरोगेसी मदरको कुरा आउँछ। सरोगेसीको समस्या नागरिकतामा कसरी समेट्ने ? त्यो नहुँदा त अहिले असजिलो परिरहेको छ’, उनले भने।प्रमुख सचेतक पाण्डेले नागरिकतासम्बन्धी विधेयकमा व्यापक छलफल गर्न जरुरी रहेको पनि बताएका छन्।समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल भइरहेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७