विपद व्यवस्थापन र उद्धारका लागि साढे १७ हजार सुरक्षाकर्मी तैनाथ

‘जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्’


१७:४० बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । आज सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् ।

‘जुनसुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नु पर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ । तर, भूकम्प र आगलागीको पूर्वानुमान हुँदैन’, उनले भने, ‘हामी मनसुनको पूर्व सन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्व तयारीमा हामी तयार रहनुपर्छ ।’ विपद्को व्यवस्थापन पनि नेपालको जिम्मेवारी दिएको भन्दै चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिए ।

‘विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ । विपदमा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ’, उनले भने ।  अहिले बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो ।

‘मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुपर्‍यो । समयमै पूर्व सूचना गराउन र उद्दारका लागि तयार अवस्थामा बस्न जरूरी छ । जेठ २८ गतेदेखि मनसुन सक्रिय हुने अनुमान छ’, उनले भने । यस पटक पहिलेको भन्दा नेपाल प्रहरीको बजेट बढेको भन्दै तलब, पोशाक, महँगी भत्तामा कुनै समस्या नहुने उनको भनाइ थियो । यस्तै नेपाल प्रहरीको ऐन संशोधनका लागि संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरू हुने गृहमन्त्री लेखकले बताए। 

उद्धारका लागि चाहिने स्रोत–साधनदेखि जनशक्तिको पनि व्यवस्थापन गरिएको प्राधिकरणले बताएको छ।जनशक्तितर्फ नेपाल प्रहरीका १० हजार ८५ जना, सशस्त्र प्रहरीबाट ७,६१५ जना डेडिकेट फोर्स तयारी अवस्थामा राखिएको केसीले बताए । त्यस्तै नेपाली सेनाले पनि आफ्नोतर्फको तयारी पूरा गरेर आवश्यक जनशक्ति तयारी अवस्थामा रहेको बताएको प्राधिकरणले जनाएको छ।

सशस्त्र प्रहरी बलले पनि विपद् उद्धारको तयारी पूरा भएर कार्यान्वयनमा गइसकेको जनाएको छ । यस वर्षको मनसुन प्रतिकार्य योजना, २०८२ तयार भएर कार्यान्वनमा समेत गइसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।

जसअनुसार सशस्त्र प्रहरी बलका ८ वटा बाहिनी, २ वटा तालिम शिक्षालय, १ वटा गण, ९ वटा वेश र २ वटा रेस्क्यु टावरमा उच्चस्तरीय उद्धार सामाग्रीसहितको फौज तयारी अवस्थामा राखिएको उनको भनाइ छ। सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण जनशक्तिलाई तयारी हालतमा राखी २ हजार ४ सय ८१ जना विपद् व्यवस्थापन र १ सय २८ जना गोताखोर तालिम प्राप्त जनशक्तिलाई विशिष्टीकृत उद्धार सामग्रीसहित सातवटै प्रदेशमा परिचालन गरिएको सशस्त्र हेडक्वार्टरले बताएको छ।

कि–रेस्पोन्डरको रूपमा विपद् प्रतिकार्यमा परिचालन हुनका लागि ९ वटा विपद् व्यवस्थापन बेस स्थापना भएकोमा आगामी मनसुन प्रतिकार्यको लागि थप न्यूनतम ३५ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस समेत स्थापना गर्ने लक्ष्य सशस्त्र प्रहरीको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७