राप्रपाले सभामुखलाई सोध्यो–हाम्रा ‘पीसीओ’ किन फिर्ता गरियो ? 


१६:२१ बजे

काठमाडौं । संसदको पाँचौं ठुलो दल राप्रपा सांसदहरूले सदनभित्र विभेद भएको भन्दै सभामुख देवराज घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका छन् । प्रमुख सचेतक ज्ञानबहादुर शाहीका अनुसार सदन सञ्चालनसम्बन्धी पछिल्ला बैठकमा सभामुखले राप्रपालाई बोलाउन छाडेका थिए । यसबारेमा ध्यानाकर्षण गरिएको शाहीले बताए ।

सभामुखले आवश्यकताका आधारमा बैठक बोलाइने भन्दै कार्य व्यवस्थामा बोलाइरहेको जवाफ दिएका थिए।  राप्रपाले सांसद दीपकबहादुर सिंहको पक्राउ, संसद्को विशेषाधिकार हनन भएको विषय राखेका थिए। सभामुख घिमिरेले सिंह पक्राउको जानकारी नआएको बताएका थिए। राप्रपाले पिएसओ फिर्ताबारे पनि चासो राखेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका सांसद बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित सांसदहरूले बुधबार सभामुख घिमिरेसँग भेटेर पिएसओ फिर्तालगायत विषयमा कुराकानी गरेका हुन्। राप्रपाका सांसदहरूले आफूहरूलाई दिइएको पीएसओ बिना कारण सरकारले फिर्ता बोलाएको विषय सभामुखसँग राखे ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ सरकारले केही दिनअघि फिर्ता गरेको थियो। ‘हाम्रो दलको हैसियत र दीपक सिंह त संसदीय समितिकै सभापति भएकोले पीएसओ पाउनु भएको थियो, तर किन हाम्रा पीएसओ फिर्ता गरियो ?,’ सभामुखलाई राप्रपा सांसदहरूले सोधे, ‘संसदीय व्यवस्थामा यसरी विभेद गर्न पाइन्छ ? कि अरू संसदीय समिति र प्रमुख सचेतकहरूले लिएका पिएसओ पनि फिर्ता गर्नुपर्‍यो । यस विषयमा सभामुख ज्यूले गृहमन्त्रीसँग नै कुरा गर्नुपर्ने हुन्छ।’

बुद्धिमान तामाङले गृहमन्त्री रमेश लेखकसँग पनि पिएसओबारे सोधेका थिए । लेखकले मान्छे कम परेर लगेको जवाफ दिएका थिए। प्रहरीले भने नियमित ब्रिफिङका लागि पिएसओहरूलाई बोलाइएको बताउँदै आएको थियो। तर बुधबार गृहमन्त्री रमेश लेखकले पिएसओ फिर्ता बोलाइएको कुरा बताए। राजावादी आन्दोलनको सुरक्षालाई मध्यनजर गर्दै राप्रपाका नेताहरूलाई दिइआएको पीएसओहरूलाई फिर्ता बोलाएर आन्दोलन सुरक्षामा परिचालन गर्नुपरेको गृहमन्त्री लेखकको भनाइ छ। प्रतिनिधि सभाको बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले राजावादीहरूको आन्दोलन स्थगित गरिए तत्काल राप्रपा नेपाहरूलाई पीएसओ पठाइने बताए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७