होहल्लाले बिथोलियो राजावादीको वैठक, भएन नयाँ आन्दोलनका कार्यक्रम घोषणा


१५:२९ बजे
फाइल फोटो

काठमाडौं । नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्न बसेको राजावादीको वैठक कार्यकर्ताको होहल्लाका कारण बिथोलिएको छ। राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई खोज्दै कार्यकर्ताले होहल्ला गरेपछि आन्दोलनका नयाँ कार्यक्रम घोषणा नगरी वैठक स्थगित भएको छ।  राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भएको हो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैं माइक लिएर सम्बोधन गरेका थिए।

उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरेका छन्। उनले आन्दोलनका कार्यक्रम पछि सार्वजनिक गरिने बताए । भेला सुरु भएलगत्तै लिङदेनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङदेन अहिले संसदमा छन्। कार्यकर्ताहरुले भने यहि संसद चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखेका छन्।

अर्काथरि कार्यकर्ताले चाहिँ नवराज सुबेदी एक्लै अगाडि बढ्न खोजेको भन्दै आक्रोश पोखेका छन्। कार्यक्रम भद्रगोल र अव्यवस्थित बनेको गुनासो पनि सुनिएको थियो। भेलामा पत्रकारलाई भित्र पस्न अनुमति दिइएकोप्रति पनि कार्यकर्ताले विरोध जनाएका थिए। एक हप्ता लामो पहिलो चरणको आन्दोलन सकिएपछि नयाँ कार्यक्रम तय गर्न भन्दै आज सुवेदीले बैठक बोलाएका थिए । उनका अनुसार बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरुलाई बोलाइएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७