रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन्।आज (बुधबार) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेकी हुन्। उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिन्।
उनले देशमा मानव तस्करी जस्तो गम्भीर विषयमा गृहमन्त्रीमाथि आरोप लागिरहेको भन्दै १५ दिन भए पनि राजीनामा दिन र अनुसन्धानमा सघाउन माग गरिन् । छानविनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ। सांसद कार्कीले सरकारले आफ्नो काममा सुधार ल्याउनु पर्नेमा जोड दिइन्।