सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा


१६:५२ बजे

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (सोमबार) सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार सोडारीले सार्वजनिक पदधारण गरेको मिति२०७४।१०।०७ गतेदेखि मिति २०७९।११।१० सम्मको जाँच अवधिमा पचासी लाख एकाउन्न हजार तीन सय चौतीस रूपैयाँ र बयानब्बे पैसा वैधानिक आय आर्जन गरेको देखिएको छ । तर सोही अवधिमा आम्दानी र खर्च हिसाब गर्दा एक करोड आठ लाख ३८ हजार तीन सय दुई रूपैयाँ बराबरको हिसाब देखाउन नसकेकाले त्यति नै बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

सोडारी कैलाली ४(१) बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन्। सोडारी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ माघदेखि २०७५ कात्तिक सम्म प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा समेत थिए । त्यस्तै उनी २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७