एमाले नेताहरुको नेतृत्व गर्दै पूर्व राष्ट्रपति भण्डारी आज चीन भ्रमणमा जाँदै


२०८२ जेठ १० शनिबार १४:४२ बजे

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज (शनिबार) चीन जाँदैछिन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्व राष्ट्रपति भण्डारी बेइजिङ जान लागेकी हुन् ।  भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग समेत भेटघाट हुने सम्भावना रहेको एमालेले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्व राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली आज साँझ बेइजिङ जान लागेको हो । 

भ्रमण टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी र एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी हुनेछन् । चीनमा रहँदा पूर्व राष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ । राष्ट्रपति सी चिनफिङसँग पनि भेटघाट हुने सम्भावना रहेको एमाले विदेश विभागले जनाएको छ ।

पूर्व राष्ट्रपति भण्डारी एमालेको पूर्व उपाध्यक्ष समेत रहिसकेकाले पार्टीको समेत प्रतिनिधित्व गर्ने एमाले विदेश विभाग प्रमुख महासेठले बताएका छन् । चीनमा रहँदा उद्योगमन्त्री दामोदर भण्डारी र एमाले विदेश विभाग प्रमुख महासेठले वक्ताको रूपमा एक–एक वटा कार्यक्रममा सहभागी हुनेछन् । पूर्व राष्ट्रपति भण्डारी नेतृत्वको टोली जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ । यसअघि राष्ट्रपति हुँदा भण्डारीले चीन भ्रमण गरेकी थिइन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७