बैतडी केन्द्रबिन्दु भएर भूकम्प


२०८२ जेठ ९ शुक्रबार १४:५८ बजे

बैतडी । बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८ मिनेटमा बैतडीको खलंगा आसपास केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो।

मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए । भूकम्पले क्षति पुगे / नपुगेकोबारे स्पष्ट भइसकेको छैन। उनका अनुसार यो धक्का पुरानो भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो । ‘यत्तिको भूकम्पले कुनै क्षति त नगर्नु पर्ने हो’, भूकम्पविद् डा. अधिकारीले भने । यसअघि यही जेठ ६ गते मात्र कास्कीको सिनुवा आसपास केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७