किसानलाई गणतन्त्र होइन, मल चाहिएको छ : राप्रपा


२०८२ जेठ ५ सोमबार १७:०८ बजे
रासायनिक मल लिनेको भीड ... सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेमा आज मल लिन ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आएका किसान । किसानले अझै सहज रुपमा रासायनिक मल पाउन सकेका छैनन । तस्वीर : रूपक पुरी /रासस

 काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले देशमा सुशासन आवश्यक रहेको बताएका छन्। प्रतिनिधि सभाको आज (सोमबार) को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले किसानलाई अहिले गणतन्त्र नभइ मल चाहिएको, जनतालाई गणतन्त्र नभइ सुशासन र सहकारी पीडितलाई गणतन्त्र नभइ पैसा फिर्ता चाहिएको बताए।

उनले जनभावना र मानिसका आस्थालाई प्रहार नगर्न चेतावनी दिए। उनले परिवर्तनका नाममा जहाज हाइज्याक गर्ने, आपराधिक घटनाहरू धेरै भएको भन्दै अब देश लुट्ने काम भइरहेको बताएका छन्। सांसद प्रधानले आस्थालाई दबाउन शक्ति प्रयोग भए जनताले सुविधा नपाउने बताए । शान्तिपूर्ण तवरले निकास निकाल्नु पर्ने बताएका छन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७