‘वाटर पार्क’ मा झडप : पाँच प्रहरी घाइते, १० जना पक्राउ


२०८२ जेठ ३ शनिबार २१:११ बजे

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैयास्थित वन्डरल्याण्ड वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। अनिबार जनकपुरधामस्थित कृष्णा फाउन्डेसनले कक्षा १२ को परीषा दिएका विद्यार्थीहरुका लागि भनेर मात्र एक सय रुपैयाँ शुल्क लाग्ने गरी कार्यक्रम आयोजना गरेको थियो।

वाटरपार्कको क्षमता भन्दा बढी विद्यार्थीको उपस्थित भएपछि पार्क व्यस्थापन र विद्यार्थीहरु बीच तनाव उत्पन्न भएको थियो । सो क्रममा झडपसँगै तोडफोड हुँदा लाखौंको क्षति भएको वाटरपार्कका व्यवस्थापक अभिषेक गोइन्काले जानकारी दिएका छन्।

कृष्णा फाउन्डेसनँंग सात सयदेखि नौं सय जना विद्यार्थी मात्र आउने भनि सहमति भएकोमा दुई हजार भन्दा बढी विद्यार्थी प्रवेश गर्न खोजेपछि झडप हुन पुगेको उनले बताए। आक्रोशित विद्यार्थीहरुले पार्कको मूल गेट, सिसिटिभी, सिसा, रुख विरुवा, गमला, टेन्ट, फलामको गेट, सामान राख्ने कोठा, कुर्सी, फलामलगायतमा तोडफोड गरेको उनले बताए।

विद्यार्थीले सडकमा चल्ने दुई वटा हाइसमा समेत तोडफोड गरेको जिल्ला प्रहरी धनुषाले जनाएको छ । विद्यार्थीहरु उग्र भएपछि अवस्थामा नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ। झडपमा पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। तोडफोडमा उत्रिएका १० जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अहिले व्यापक मात्रामा प्रहरी तैनाथ रहेका छन् । अवस्था सामान्य भएपछि कुल क्षतिको अनुमान गर्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७