माझफाँट–लेकफाँट सडक कालोपत्र


२०८२ जेठ २ शुक्रबार १५:३७ बजे

म्याग्दी । म्याग्दीको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको माझफाँट–लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ ।  

संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो । दुई लेनको  यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो ।  जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७