उपराष्ट्रपति यादव इजरायलको स्वतन्त्रता दिवस समारोहमा सहभागी


२०८२ जेठ २ शुक्रबार ११:१५ बजे

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव इजरायलको ७७ औं स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए । 

नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बास उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उपसभामुख इन्दिरा राना, सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ बसोबास गर्दै आएका इजरायली, उद्योगी–व्यवसायी, सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७