अध्यक्षको निर्देशन विपरीत सुदूरपश्चिममा नाउपाबाट रामेश्वरको नाम मन्त्रीमा सिफारिस


२०८२ जेठ १ बिहीबार ०१:२४ बजे

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।

सत्ता पक्षीय दल नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी गराउन चौधरीको मुख्यमन्त्री कमलबहादुर शाह समक्ष सिफारिस गरेको हो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएकी थिइन् । संसदीय दलको बैठकले भने अध्यक्षको निर्देशन विपरीत घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो । 

यो निर्णयपछि पनि आज बसेको अर्को बैठकले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिएको दलका प्रमुख सचेतक इन्दिरा गिरीले जानकारी दिइन् । उनले भनिन्, ‘दलमा विवाद हुन्छ, सहमति खोजेर अघि बढ्ने हो ।’  विवादास्पद श्रव्य सामग्री सार्वजनिक भएपछि सो पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहेका लक्ष्मणकिशोर चौधरीले हालै पदबाट राजीनामा दिएका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सो पार्टीका सात जना सदस्य छन् । नेपाली काँग्रेसका १८, नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एकीकृत समाजवादी) का चार तथा राप्रपा र स्वतन्त्र एक–एक सदस्य छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७